लकडाउनमा मृत्युदर अधिक

रोम(एजेन्सी) । नोबल पुरस्कार विजेता वैज्ञानिक माइकल लेविटले कोरोना भाइरसको महामारीका कारण लागु गरिएको लकडाउनले मृतकको संख्या बढिरहेको दाबी गरेका छन् । उनले मानिसलाई घर भित्र कैद गर्नु भनेको उसको हृदयमा तनाव सिर्जना गर्नुरहेको उल्लेख गरेका छन् ।

स्टेनफोर्ड यूनिवर्सिटीका यी वैज्ञानिकले कोरोना भाइरसको महामारीको शुरुवाती चरणमा सटिक भविष्यवाणी गरेका थिए । उनका अनुसार प्रोफेसर नील फगर््यसूसनको एक सिद्धान्त अनुसार मृत्युको आँकडा १० देखि १२ गुणा बढेको छ । उनले लकडाउनले महामारीलाई रोक्न नसके पनि लाखौं मानिसको जीविकोपार्जनमा असर पारेको दाबी गरेका छन् ।

‘लकडाउनले कोरोना भाइरसबाट मानिसको जीवन रक्षा गरेको छैन । जबकी यसले नोक्सान पु¥याएको छ । हो, यसले सडक दुर्घटनाबाट हुने मृत्युमा कमी ल्याएको छ, तर घरेलू अपराध बढेको छ ।’ सन् २०१३ मा केमेष्ट्रीबाट नोबल पुरस्कार पाएका लेविटले भनेका छन् । फिजिशियन जेपी मोर्गनले सरकारहरुले त्रुटीपूर्ण वैज्ञानिक पत्रका आधारमा लकडाउन लागू गरिएको भन्दै लकडाउन हटाउनासाथ संक्रमणको दरमा गिरावट आउने दाबी गरे ।