कोरोना भ्याक्सिनविरुद्ध विरोध प्रदर्शन

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसलाई फैलनबाट रोक्नका लागि अधिकांश देश तथा संगठन भ्याक्सिनको खोजीमा लागिरहेका छन् । उता अमेरिका र यूरोपमा कोभिड १९ को भ्याक्सिन बन्नु अघि नै भ्याक्सिन विरोधी प्रदर्शन शुरु भएको छ ।

स्वास्थ्य विज्ञहरुले सामान्य जीवन बिताउनका लागि कोरोना भाइरसको भ्याक्सिनको खोजबिन हुनुपर्ने कुरा बताउँदै आएका छन् । विरोधीहरुले बिल गेट्सको कोरोना भ्याक्सिन फण्डलाई लिएर विभिन्न प्रश्न उठाइरहेका छन् । गेट्सले कोरोना भ्याक्सिन खोजीका लागि तीन सय मिलियन डलर दान दिएका छन् । विरोधीहरुल्े भने

कोरोना भाइरस संक्रमणको कारण देखाउँदै मानिसलाई गुमराहमा लगाएको आरोप लगाएका छन् । त्यही कारण देशको अर्थ व्यवस्था चौपट भएको उनीहरुको दाबी छ ।एक अध्ययन अनुसार आधा अमेरिकी नागरिकले मात्र कोरोना भाइरसको भ्याक्सिनको खोजीमा चासो राखेका छन् । जबकी ७० प्रतिशत मानिसहरु कोरोना भ्याक्सिनको चिन्ता केवल वैज्ञानिकहरुलाई मात्र रहेको देखाएको छ ।