दैनिक कति कमाउँछन् शाहरुखका डुप्लिकेट ?

मुम्बई(एजेन्सी) । बलिउडमा जोकोही आफ्नो नाम कमाउन आउँछन् । मुम्बईमा टेक्नासाथ जोकोहीको पनि सपना एउटा ठूलो कलाकार बन्ने र फ्यानलाई लाइन लगाएर अटोग्राफ लिने हुन्छ । तर यहाँ आएका केही व्यक्ति आफ्ना मनपर्ने सुपरस्टारको डुप्लिकेट भएर बस्न रुचाउँछन् । दर्शकहरु उनीहरुलाई धेरैपटक ठूलो पर्दामा देख्छन्, तर वास्तविक नाम भने कमैलाई मात्र थाहा हुन्छ । जसलाई उनीहरु कलाकारको डुप्लिकेट भनेर चिन्दछन् ।

बलिउड सुपरस्टारका यी डुब्लिकेटहरु भलै उद्योगमा आफ्नो नामले त चिनिन्दैनन्, तर उनीहरुको कमाई कुनै सुपरस्टारको भन्दा कम हुँदैन । मासिक रुपमा राम्रो तलब आम्दानी गर्ने व्यक्तिले पनि एक दिनमा उनीहरुको जत्तिको कमाई गर्न सक्दैनन् । कलाकार प्रशान्त वाल्डे बलिउडका यस्तै एक डुप्लिकेट कलाकार हुन्, जो आफूलाई शाहरुख खानको डुप्लिकेट मान्छन् ।

प्रशान्तका अनुसार उनले एक दिनको सुटिङबाट करिब ३० हजार रुपैंयाँ बुझ्छन् । उनले शाहरुखसँग फिल्म ‘ओम शान्ति ओम’मा पहिलोपटक काम गरेका थिए ।यसपछि उनी शाहरुखका हरेक फिल्मको हिस्सा बनिरहेका छन् । उनले ‘रब ने बना दी जोड़ी’, ‘चेन्नई एक्सप्रेस’, ‘डियर जिन्दगी’, ‘डन २’, ‘फैन’ र ‘रईस’ जस्ता फिल्ममा काम गरिसकेका छन् । यी फिल्ममा उनले शाहरुखको दोहोरो भूमिकामा काम गरेका हुन् । उनी शाहरुखलाई आफ्नो गडफादर मान्छन् ।