मुम्बई(एजेन्सी) । लकडाउनका कारण ठूला स्टारहरुको फिल्म अहिले अड्किएको छ । अक्षय कुमार, वरुण धवन र सलमान खानसहित सबै कलाकारहरु लकडाउन खुल्ने समयको प्रतिक्षा गरिरहेका छन् । कैयौं वर्षदेखि सलमान इदको मौका पारेर आफ्नो फिल्म बक्सअफिसमा रिलिज गर्थे । तर यसपटक लकडाउनका कारण उनको त्यो चाहना पुरा हुन सकेन । उनी यो इदमा ‘राधेः योर मस्ट वान्टेड भाइ’ लिएर आउने तयारीमा थिए । तर कोरोना भाइरसको कारण फिल्म अनिश्चित कालका लागि रोकिएको छ ।
सलमान कोरोना भाइरसको लकडाउनको समयमा आफ्ना पनवेल फार्महाउसमा छन् । उनी त्यहाँ नियमित रुपमा स्क्रिप्ट पढिरहेका छन् । सलमानले आगामी नयाँ फिल्मका लागि मौखिक सहमति दिइसकेका छन् । फिल्मको सम्झौता चाहिँ लकडाउन खुलेपछि गर्नेछन् ।
सलमान दक्षिण भारतीय फिल्का निर्देशक पुरी जगन्नाथका साथ एक एक्सन ड्रामा फिल्ममा काम गर्दैछन् । यो फिल्म भारतभर एकसाथ रिलिज हुनेछ । जसमा दर्शकले सलमानको जबरदस्त हेर्न पाउनेछन् । लकडाउन सकिनासाथ उनले जगन्नाथसँग भेट्नेछन् । अहिले भने यी दुईबीच फोनमा कुराकानी गरिरहेका छन् ।