स्पाइडरमेन बन्न खोज्दा अस्पताल भर्ना

बोलिभिया(एजेन्सी) । स्पाइडरमेन बन्न खोज्दा यहाँका तीन बालक अस्पताल भर्ना भएका छन् । यी तीन बालकले विषाक्त माकुराले आफ्नो शरीरमा टोकेमा हलिउडका सुपरहिरो स्पाइडरमेन जस्तो शक्ति आउँछ भन्ने अन्धविश्वासमा माकुरालाई टोकाएपछि अस्पताल भर्ना भएका हुन् ।

समाचार अनुसार उनीहरुले एक काठको सहयोगले माकुरालाई आफ्नो तर्फ आकर्षित गरेका थिए । तर माकुराले टोकेपछि तीनै बालक घाइते भए । उनीहरुलाई तुरुन्तै अस्पताल लगेर उपचार गरिएपछि तीनैजना घर फर्किएका छन् । उनीहरुको उमेर ८, १० र १२ वर्षको छ ।

चयन्ता सहरमा बाख्रा चराउने तीन बालकले माकुरा देखेपछि उनीहरुले आफूलाई माकुराले टोकेमा सुपरपावर हासिल गर्ने ठानेका थिए । उनीहरुले माकुराको छेउमा पुगेर आफूलाई टोकाउनका लागि उक्साउन थाले । माकुराले टोकेको केही समयमा नै उनीहरुको शरीरमा दुखाई, पेटमा एठन, मुटुमा धडकनको चाप बढुने र मांशपेशीमा ऐठन हुन थाल्यो । दुखाईले चिच्याउन थालेपछि उनीहरुका आमाले तुरुन्तै स्वास्थ्य केन्द्रमा पुर्याएकी थिइन् ।

स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि उनीहरुको अवस्था ठिक नभएपछि डाक्टरहरु नै छक्क परेका थिए । अवस्था बिग्रिएपछि उनीहरुलाई भोलिपल्ट ला पाजको बाल अस्पतालमा लगिएको थियो । त्यो समयमा उनीहरुलाई मांशपेसीमा दुखाई, ज्वरो र कम्पन थियो । पाँच दिनको उपचार पछि उनीहरु निको भए ।