भिडियो कन्फ्रेन्सबाट शीतल अध्यक्षमा मनोनित

काठमाडौं । संस्कृतिकर्मी, कलाकार, मोडल तथा व्यवस्थापक शीतल आचार्य ‘सीता’ अन्तर्राष्ट्रिय सांस्कृतिक महासंघ (आईओभी) नेपाल शाखाको अध्यक्ष पदमा चार वर्षका लागि मनोनित भएकी छन् । कोरोनाको महामारीको कारण भिडियो कन्फ्रेन्सका माध्यमबाट बसेको आईओभीको बोर्ड बैठकले केही समयदेखि रिक्त रहेको उक्त पदमा आचार्यलाई मनोनित गरेको हो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपमा सन् २०१२ देखि आबद्ध रही निरन्तर रूपमा लोक कला, संस्कृतिको संरक्षण र प्रबद्र्धनमा समर्पित तथा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा लोक कला र संस्कृतिको उत्थानका लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आचार्यलाई अध्यक्षजस्तो गरिमामय पदमा मनोनित गरेको जनाइएको छ ।

आईओभीले महासंघको मुख्य उद्देश्य विश्वमा लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने तथा विभिन्न देशमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा सहभागी हुने, अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न देशको लोक संस्कृतिको बारेमा अनुसन्धार्न गर्ने रहेको छ । सन् १९७९ मा स्थापित आईओभी महासंघमा १५० भन्दा बढी मुलुकहरू सदस्य रहेका छन् ।