सगरमाथाको उचाई ८ हजार ८ सय ४४ !

काठमाडौं । सन् १९७५ मे २७ मा चीनको पर्वतारोहण टिमका ९ सदस्य दोस्रो पटक उत्तरी मोहडाबाट सगरमाथाको चुचुरोमा पुगे । त्यो समय पहिलोपटक सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलब १३ मीटर मापन गरियो । सन् २०२० को मार्च २२ मा चीनले पुनः एकपटक सगरमाथाको चुचुरोको उचाई मापन गर्ने काम शुरु गर्यो । अहिले भने चिनियाँ टोलीले सगरमाथाको उचाई ८ हजार ८ सय ४४ दशमलब ४३ मीटर रहेको जनाएको छ ।

गत २७ मार्चमा सगरमाथाको उचाई मापन गर्ने पर्वतारोहण टीमका ९ सदस्य सफलतापूर्वक चुचुरोमा पुगेर उचाई मापनको काम पुरा गरेका थिए । उचाई मापन गर्ने टोली चुचुरोमा १ सय ५० मिनेट बसेको थियो । जसले कुनै पनि चिनियाँ नागरिक यो चुचुरोमा सर्वाधिक समयमा बसेको रेकर्ड राखेका छन् ।

यो समूहका प्रमुख कमाण्डर ली क्वोफंगले सगरमाथाको उचाई मापन गर्नका लागि कैयौं विधिको प्रयोग गरिएको थियो । जसमा केही वैज्ञानिक विषय पनि समेटिएका थिए । मापनलाई उच्च गुणस्तरीयको सुनिश्चितता दिनका लागि पहिलोपटक पेइतोउ उपग्रहको प्रयोग गरिएको थियो ।