मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान यतिबेला पानवेल फार्महाउसमा क्वारेन्टाइन समय बिताइरहेका छन् । उनी क्वारेन्टाइनमा चित्र कोर्ने, स्केच बनाउने, म्युजिक भिडियो बनाउने लगायतका काम गरिरहेका छन् ।
५४ वर्षे यी अभिनेता लकडाउनको मौका छोप्दै एक प्रेमकथा लेखिरहेका छन् । ‘सलमानले वान लाइन कन्सेप्ट बनाएका छन् । त्यसलाई कसरी कथात्मक रुपमा लेख्ने भनेर उनी लेखक पिता सलिम खानसँग सल्लाह गरिरहेका छन् । उनले दिमागमा एक युवा जोडीको प्रेमकथालाई उतारेका छन् । यो लकडाउनले त्यो कथालाई कसरी परिस्कृत रुपमा पस्कने भन्ने समय दिएको छ । उनी दैनिक रुपमा केही घण्टा पहिलो ड्राफ्ट बनाउन समय दिइरहेका छन् । यो स्क्रिप्टलाई यसै वर्षको अन्त्यसम्म फाइनल गर्ने उनको योजना छ’, सलमान निकट स्रोतले भन्यो ।
लकडाउन पछि सलमानको फिल्म ‘राधेः युअर मस्ट वान्टेड भाइ’ रिलिज हुँदैछ । फिल्ममा रणवीर हुड्डा, गौतम गुलाटी र सिकिम्मे अभिनेता साङ हाई भिलेनका रुपमा देखिँदैछन् ।