कोरोना फन्डमा नग्न तस्बिरको लिलामी रकम

लसएन्जल्स(एजेन्सी) । कोरोना भाइरसको महामारीबाट विश्वभरका देश प्रभावित छन् । यो भाइरसले विशेषत अमेरिका पूर्ण रुपमा प्रभावित भएको छ । यहीकारण हलिउडका कलाकारहरु आफ्नो तर्फबाट हरसम्भव सहयोग गरिरहेका छन् । केही समय अघि अभिनेता मेथ्य्र मेकहोनेले कोरोनाको खतराबाट जोगिनका लागि करिब २ लाख मास्क अमेरिकाको टेक्सासस्थित स्थानीय अस्पताललाई प्रदान गरेका थिए ।

हलिउड अभिनेत्री जेनिफर एनिस्टन पनि कोरोना रिलिफ फन्डमा सहयोग जुटाउन अग्रसर भएकी छन् । तर उनले सहयोग जुटाउने काम भने अलिक फरक ढंगले गरेकी छन् । त्यसको लागि उनले आफ्नो नग्न तस्बिरको सहारा लिएकी छन् ।

जेनिफरले गत महिना कोरोना भाइरस पोजेटिभ एक नर्सलाई १० हजार डलरको उपहार दिएकी थिइन् । जो फ्रन्टलाइनमा काम गर्दा पोजेटिभ भएकी थिइन् । उनले यसका अलावा फ्रेण्डस् भर्चुअल रियूनियनको सहयोगले च्यारिटी पनि गरेकी छन् । हालैमा उनले आफ्नो फोटोग्राफर फ्रेण्ड मार्कसँग मिलेर धेरै वर्ष अघि खिचेका आफ्नो न्यूड तस्बिर बेच्ने निर्णय लिएकी छन् । उनले ती पैसा कोरोना फन्डमा जम्मा गर्नेछिन् ।

यी तस्बिर सन् १९९५ मा खिचिएका थिए, जुन समयमा जेनिफर टेलिभिजन शो ‘फ्रेण्डस्’मा लोकप्रिय थिइन् । उनले इन्स्टाग्राममा एक भिडियो र तस्बिर शेयर गर्दै ‘मेरो विशेष साथी मार्कले २४ पोट्रेटलाई लिलाम गर्ने निर्णय गरेका छन् । जसमा मेरो एक तस्बिर पनि छ’ भनेर लेखेकी छन् । उनले यसको सम्पूर्ण रकम कोरोनाको परीक्षण गर्नबाट बञ्चितलाई कोरोना भाइरस टेस्टिङ र स्याहार गर्ने संस्थालाई प्रदान गर्नेछिन् ।

लामो समयदेखि सामाजिक सन्जालबाट टाढिएकी जेनिफरले केही महिना अघि इन्स्टाग्राममा डेब्यू गरेकी थिइन् । जेनिफरले यो तस्बिर र भिडियो पोस्ट गरेको ५ घण्टा १६ मिनेटमा १ मिलियन फलोअर भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएकी थिइन् ।