प्रभावनको सांगीतिक आउछु फर्केर

काठमाडौं । कोरोना महामारीमा विदेशी भूमिमा रहेका नेपालीहरुको पीडालाई समेटेर तयार पारिएको प्रभावन जेको लोक तथा दोहोरी गीत ‘आउछु फर्केर’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजले बजारमा ल्याएको उक्त गीतमा लोक तथा दोहोरी गायक, सर्जक प्रभावन जेको शब्द, लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् ।

जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ । भिडियोमा पिटर गुरुङको छायांकन, नवीन भट्टको सम्पादन, राजाराम गौतमको कला र विवेक चौलागाईंको व्यवस्थापन रहेको छ ।

भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । केहीसमय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामूलक गीतहरु कालापानी, कोरोना, घरमै बसौनलगायतका गीतहरु सार्वजनिक गरिसकेको छ ।