सन्देशको हामी भुल्दैनौंमा राष्ट्रिय भावना

काठमाडौं । संगीतकार तथा गायक सन्देश श्रेष्ठको नयाँ गीत ‘हामी भुल्दैनौं’को भिडियो सार्वजनिक भएको छ । यसअघि उनले ‘मेरो सलाम’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए ।

नयाँ गीतमा गोविन्द पौडेलको शब्द छ । भिडियोमा जयन कुमार मोक्तानको छायांकन र जितेन्द्र राजोपाध्यायको सम्पादन तथा निर्देशन छ । गायक श्रेष्ठले नयाँ पुस्तालाई नेपाली भू–भागका बारेमा जानकारी दिनका लागि गीत तयार पारेको बताए ।

उनले कालापानी र नालापानीमा पूर्खाहरु भोकभोकै लडेकाले त्यसको बारेमा जानकारी दिइएको खुलाए ।