सुनिलसँग सहकार्य गर्ने कपिलको चाहना

मुम्बई(एजेन्सी) । टेलिभिजनमा कुनै समय सुनिल ग्रोवरका साथ कपिल शर्माको जोडीले धमाल मच्चाएको थियो । तर सन् २०१७ मा दुबैबीच भएको एक झगडाले उनीहरुको सम्बन्ध टुट्यो । ‘द कपिल शर्मा शो’ आज पनि हिट छ, तर सुनिल ग्रोवरको कमी दर्शकलाई निकै भइरहेको छ । कपिल र सुनिलबीचको झगडा केही हदसम्म कम त भइसकेको छ, तर यो जोडी सँगै टेलिभिजनमा कहिले देखिन्छन् भन्ने टुंगो लागिसकेको छैन । तर कपिलले सुनिलसँग नयाँ प्रोजेक्टमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

‘सुनिलसँग मेरो भेट भइरहन्छ । हालैमात्र हामी गुरदासमानका छोराकाको विवाहमा पन्जाबमा भेटेका थियौं । यसबाहेक नयाँदिल्लीको एक विवाहमा पनि हाम्रो भेट भएको थियो । साना साना कुराले मान्छेको सम्बन्ध सकिँदैन । सुनिल सानदार अभिनेता हो । म जुन कलाकारसँग काम गर्छु, मैले उनीहरुबाट धेरै कुरा सिक्न पाउँछु । मैले सुनिलबाट धेरै कुरा सिकेको छु । भविष्यमा यदि कुनै नयाँ प्रोजेक्ट गर्ने अवसर पाइयो भने, त्यो पक्कै राम्रो हुनेछ’, कपिलले भनेका छन् ।

कपिलले सुनिलसँग काम गर्दा धेरै मेहनत गर्नु नपर्ने बताए । ‘किनकी हामी एकअर्कालाई नजिकबाट जान्दछौं । अहिले मेरो ध्यान पूर्ण रुपमा कपिल शर्मा शोमा नै छ । शो राम्रो चलिरहेको छ । म कुनै अर्को शोमा सुनिलसँग काम गर्नेछु ।’ श्रीमति र छोरीसँग लकडाउनमा घरमा नै बसिरहेका कपिलले भने ।