रिमीको हवाओ की मर्जी

काठमाडौं । भारतीय संगीतकर्मी रिमी धरको वातावरण सम्बन्धी गीत विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक भएको छ । ‘हवाओ की मर्जी’ बोलको गीतमा रिमीको स्वर र संगीतसँगै अभिनय रहेको छ ।

गीतमा सन्दिप बर्माको शब्द छ । भिडियो छायांकन बर्माले नै गरेका हुन् । रिमीले यस अघि आर्जन पाण्डेको गीत ‘बेबी गर्ल’ मा समेत काम गरेकी थिइन् ।