सिड्नी(एजेन्सी) । विश्वकी प्रख्यात सुपर कार ड्राइभर रेनी ग्रेसी अहिले पोर्न स्टार बनेकी छन् । २५ वर्षीया अष्ट्रेलियन यी सुन्दरी भी ८ सुपर कार रेसरले एडल्ड उद्योगमा पाइला चाल्ने घोषणा गरिसकेकी छन् । रेनीले एडल्ट उद्योगमा आउनुलाई आर्थिक अवसर प्रमुख मानेकी छन् । उनले आर्थिक संकट टार्नका लागि आफू एडल्ट उद्योगमा आएको बताएकी छन् ।
‘मैले हरेक किसिमको प्रयास गरें, तर मलाई कतैबाट पनि राम्रो नतिजा मिलेन । एक समय त कतै मेरो सपना पुरा नहुने हो कि भन्ने चिन्ता पनि थियो । कार रेसिङबाट त्यति पैसा हुँदैन, जति पोर्न फिल्ममा काम गर्दा हुँदो रहेछ’, उनले भनेकी छन् ।
रेनीको भनाईलाई आधार मानेर हेर्ने हो भने असत्य लाग्दैन । किनकी उनको फोटोग्राफ र भिडियोबाट उनले एक हप्तामा २५ हजार डलर आम्दानी हुने देखिन्छ । यस हिसाबले मासिक रुपमा उनले ६४ हजार ७ सय ५० देखि ९० हजार ६ सय ५० डलरसम्म कमाई गर्नेछिन् । ‘मलाई यति धेरै आर्थिक बल मिल्छ भन्ने मैले सपना पनि सोचेको थिइनँ । म तस्बिर र भिडियो बेच्छु, त्यसको बदलामा मानिसहरु मलाई टिप्स दिन्छन्’, उनले भनेकी छन् ।
सुपर कारले यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । रेनी सन् २०१५ मा अष्ट्रेलियाको फूल टाइम महिला कार रेसर थिइन् । भी ८ सुपर कार विश्वकै प्रख्यात कार हो । तर कमजोर प्रदर्शनका कारण रेनीको स्थानमा अर्को ड्राइभर राखियो । जसकारण उनी बेरोजगार बनिन् ।