मलाइका बस्ने अपार्टमेन्ट सिल

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री मलाइका अरोडा बस्दै आएको अपार्टमेन्ट सिल गरिएको छ । अर्पाटमेन्टमा बस्ने एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि प्रशासनले सिल गरेको हो ।

मलाइका मुम्बईको बान्द्रामा बस्दै आएकी छन् । गत जून ८ मा कोरोनाको पुष्टि भएपछि उक्त अर्पाटनेमन्टलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको छ । लकडाउनका समयमा मलाइका सामाजिक सन्जालमा निकै सक्रिय छिन् । फ्यानलाई आफू बारे जानकारी दिन उनी सामाजिक सन्जालमा सक्रिय छिन् । उनले लकडाउनमा आफ्ना अनेक किसिका तस्बिरहरु सामाजिक सञ्जालमा राखिरहन्छिन् ।

लकडाउनका समयमा उनले खाना पकाउने, योग गर्नेलगायतका फोटो पनि सामाजिक राखेकी थिइन् । उनको तस्बिरमा फ्यानले अलग अलग किसिमका प्रतिक्रिया दिइरहेका छन् ।