बढ्यो पालामको पुरस्कार राशी

काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा पहिलोपटक आयोजना गरिएको अनलाइन पालाम प्रतियोगिताका लागि आयोजकले पुरस्कार राशीमा वृद्धि गरेको छ । साथै, पालाम पठाउने मिति पनि २ दिन थप गरेको छ ।

प्रतियोगिता आयोजक समितिका संयोजक सीता तुम्खेवाले पूर्व निर्धारित समय जेठ ३० बाट दुई दिन थपेर जेठ ३२ गतेसम्म पुर्याइएको बताइन् । उनका अनुसार प्रथम पुरस्कार ३० हजारबाट बढाएर ५० हजार, दोस्रो पुरस्कार २५ हजारबाट बढाएर ४० हजार र तेस्रो पुरस्कार २० हजारबाट बढाएर ३० हजार बनाईएको छ ।

प्रतियोगितामा केही सान्तवना पुरस्कारहरू समेत दिइनेछ । सान्तवना पुरस्कारहरू केके हुने भन्ने कुरा आयोजकले केहीदिनभित्रै छिनोफानो गनेछ । हालसम्म २ सय २२ वटा पालाम सहभागितामा समावेश भइसकेको छ ।