काठमाडौं । गायक भूपु पाण्डे र हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनी’की सिर्जना अर्थात् उषा उप्रेतीको ‘छोटो छ जिन्दगी’लाई दर्शकको तारिफ मिलेको छ । गीतको उत्कृष्ट शब्द संगीत र भिडियो बनेको भन्दै गीतको विशेष प्रशंसा भएको हो ।
नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ । वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ । गायक भूपु र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक स्वयम्को रहेको छ ।
भिडियोमा सागरबाबु भट्टको डेब्यु निर्देशन रहेको छ । नेपालकै अछाम तुल्तादेखि भारतको राजस्थानसम्मको स्थानलाई भिडियोमा समेटिएको छ । योगेश दहालले खिचेको भिडियोमा मनोज कार्कीको सम्पादन तथा श्याम कुँवरको कलर करेक्सन छ । गायक भूपुले दर्जनौ गीत बजारमा ल्याइसकेका छन् ।