श्रद्धालाई सुटिङमा जान रोक

मुम्बई(एजेन्सी) । भारतमा लकडाउनको पाँचौं चरणमा खुल्ला गरिएको छ । केही बलिउड निर्माताहरु निर्देशिकालाई पछ्याउँदै सुटिङको तयारी गरिरहेका छन् । जहाँ तमाम मानिसहरु सेटमा फर्किने आशा गरिएको छ । यहाँ केही अवस्थामा समस्या पनि छन् ।

बलिउडका अभिनेता शक्ति कपूर आफ्नो परिवारका साथ घरमा नै सेल्फ क्वारेन्टाइनमा छन् । उनी अहिले नै सुटिङका लागि तयार छैनन् । ‘म बाहिर गएर अहिले काम गर्दिनँ । न त श्रद्धालाई नै अनुमति दिन्छु । खतरा सकियो भन्ने कुरामा म विश्वस्त छैन । मलाई लाग्छ कि अझैं खतरा आउन बाँकी छ । म आफ्ना सन्तानलाई अहिले नै बाहिर जान दिन्नँ ।’ उनले भनेका छन् ।

उनले आफूहरुलाई कामको आवश्यकता परे पनि जिन्दगीको मूल्यको आवश्यकता नरहेको बताएका छन् । उनका अनुसार सुटिङ शुरु हुनासाथ स्पटमा अस्तव्यस्त हुनेछ । ‘म आफ्नो समूहलाई यो आग्रह गर्दछु कि यतिबेला अस्पतालमा बिल तिर्नुभन्दा घरमा नै आराम गरी बसौं । अहिले पनि खराब अवस्था छ’, शक्तिले भनेका छन्, ‘अस्पतालमा शैया छैनन् । मानिसहरु उपचार गर्नका लागि ठूलो रकम खर्च गरिरहेका छन् ।’