काठमाडौं । हास्य कलाकार उत्तम केसी अब गीतकारका रुपमा आएका छन् । उनले लेखेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा शिरहरु’ सार्वजनिक भएको छ । गीतमा सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको संगीत, राजु कार्कीको एरेञ्ज छ ।
जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको भिडियोमा लय संग्रौला, मोहन निरौला, रवीन्द्र खडका, उत्तम केसी, लक्ष्मण बस्नेत, दमन रुपाखेती, चेतबहादुर ‘राजा’, गीता नेपाल, शुभेच्छा थापा, रामेश्वर बुर्लाकोटी, गोपाल ढकाल, उद्धवराज भट्टराई, नम्रता पौडेल, आशा भुसाल, कृष्ण रसाइली, शोभा भण्डारी, सुष्मा ढकाल, मिना जिसी, प्रकाश विक्रम थापा, जीवन थापा, दीपक सापकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सुनिल कटवाल, विनोद केसी, गायत्री पाण्डे, भगत शाह, विजय तिमिल्सिना, लब्ली संगम राईलगातका कलाकारको अभिनय रहेको छ ।
ज्ञानकुमार कट्टेलको प्रोडक्सन, शाही राम पिक्चर्सको उत्पादन वितरण रहेको गीतको भिडियोमा जनक अधिकारीको छायाँकन र नविन निरौलाको सम्पादन तथा रंग संयोजन रहेको छ । गीतकार उत्तमले वर्तमान अवस्थाले चिन्तित बनाइरहेको समयमा देशभक्ति गीतमार्फत एउटा जागरण ल्याउ भन्ने उद्देश्यले आफूले गीत तयार पारेको बताए ।
‘जुनसुकै परिस्थितिमा पनि हाम्रा शिरहरु झुक्नुहुन्न, देशका लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने कुरा गीत मार्फत व्यक्त गर्न खोजेको हुँ’, उत्तमले भने । नेपाली कला क्षेत्रमा सयौ नाटक र फिल्ममार्फत दर्शकको मन जित्न सफल कलाकार उत्तम केसीको गीतकारको रुपमा सार्वजनिक यो पहिलो गीत हो ।