माटोको सिन्दुरमा ताराको राष्ट्र प्रेम

काठमाडौं । नेपालमा राष्ट्रियताको बहस चलिरहेकै समयमा गीतकार तारा अधिकारीको ‘माटोको सिन्दुर’ बोलको गीत राष्ट्रिय भावको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक तथा संगीतकार सुवास भुषालको संगीत तथा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ । आर बी स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज उदयराज पौडेलले र मिक्सिङ अशोक महर्जनले गरेका छन् । गीत सुनौलो तारा युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।