गधा बेचेर करोडौं आम्दानी

इस्लामाबाद(एजेन्सी) । पाकिस्तानमा हालै गरिएको नयाँ आर्थिक सर्वेले देशमा गधाको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पाकिस्तान सरकारको आर्थिक सल्लाहकार अब्दुल हफीज शेखले आर्थिक वर्ष २०१९–२० मा देशमा गधाको संख्या १ लाख बढेको बताएका छन् । उनको भनाईलाई मान्ने हो भने पाकिस्तानमा हाल गधाको संख्या ५५ लाख भन्दा बढी छ ।

पाकिस्तानले चीनमा वर्षेनी ८० हजार गधा निर्यात गर्छ । जसको प्रयोग मासु तथा अन्य कामको लागि हुन्छ । गधाको छालाबाट निकालिएको जिलेटिनले कैयौं प्रकारका औषधि पनि बनाइन्छ । चिनियाँ कम्पनीले पाकिस्तानमा गधा व्यापारका लागि लाखौं डलर खर्च गरेको छ । पाकिस्तान गधाको आवादी रहेको विश्वको तेस्रो देश हो । पाकिस्तानमा गधाको नस्लबाट उसको मूल्य तोकिन्छ ।

पाकिस्तानमा एक गधाको मूल्य १५ देखि २० हजार पाकिस्तानी रुपैंयाँ पर्दछ । जसलाई बेचेर पाकिस्तान नाफा कमाईरहेको छ । पाकिस्तानमा गधाकै लागि अलग्गै अस्पताल पनि बनाइएको छ ।