मोबाइलले घटाउदैछ सेक्स चाहना

वासिङ्टन(एजेन्सी) । अमेरिकामा हालै गरिएको एक अध्ययनले २१ औं शताब्दीमा युवामा सेक्सलाई लिएर अरुची रहेको देखाएको छ । अरुची हुने प्रमुख कारण गेमिङ, सामाजिक सन्जाल र मोबाइल इन्टरनेट रहेको छ । सन् २००० पछि अमेरिकी युवाहरुमा सेक्स प्रतिको चासो एक तिहाई भन्दा कम छ ।

जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित यो अध्ययनमा सन् २००० देखि लिएर सन् २०१८ सम्म १८ देखि २४ वर्षका तीनमध्ये एक अमेरिकी युवाले गत वर्ष कुनै पनि किसिमका सेक्स गर्न अस्वीकार गरेका छन् । अध्ययनमा २५ देखि ३४ वर्षका पुरुष र महिलाबीच यौन गतिविधिमा कमी वा यौन निस्क्रियता बढ्दै गएको देखाएको देखाएको छ ।

सेन डिएगो स्टेट यूनिभर्सिटीका मनोविज्ञान प्रमुख जीन ट्वेङले अहिलेका युवाहरु रातको समयमा सेक्स भन्दा पनि सामाजिक सन्जाल, इन्टरनेट र गेमिङमा ध्यान दिइरहेको बताए । सन् २००० देखि २०१८का बीच १८ देखि ४४ वर्षका करिब १० हजार अविवाहित पुरुष र महिलाबीच गरिएको सर्वेक्षणमा २०१६ देखि २०१८ बीच सेक्सलाई लिएर १६ दशमलब ५ प्रतिशत कमी देखिएको छ । जबकी सन् २००० देखि २००२ मा यो संख्या ९ दशमलब ५ प्रतिशत थियो । अध्ययनमा कोरोना भाइरस संक्रमणका कारण मानिसमा सेक्सलाई लिएर अनिच्छा बढी रहेको उल्लेख छ ।