यो दाजुको मिर्मिरे आँखामा प्रज्ज्वल र प्रस्तुति

काठमाडौं । प्रविण गुरुङ र बिमाकुमारी दुराको स्वरमा रहेको गीत ‘यो दाजुको मिर्मिरे आँखा’ यतिबेला कभर गरेर गाइएको छ । यसै गीतको कभर भिडियोमा पाँच वर्षे प्रज्जवल र आठ वर्षीया प्रस्तुति देखिएका छन् । उनीहरुले यो गीतलाई मन परेको कारण कभर भिडियोमा अभिनय गरेका हुन् ।

उनीहरुले आफ्नो अभिनय क्षमतालाई प्रस्तुत गर्नका लागि नै यो अभिनय गर्न अभिभावकलाई अनुरोध गरेका थिए । आफूलाई मन परेका गीतहरुको भिडियोमा अभिनय गर्ने रुचि धेरै भएको कारण यो गीतलगायत अन्य गीतमा पनि निरन्तर कभर भिडियो गर्ने बताएका छन् ।

यस कभर भिडियोको निर्देशन पूजा गुरुङले गरेकी छन् भने छायाँकन सम्पादन भने महेश विक्रम पाण्डेले गरेका छन् । यसपछि पनि प्रज्ज्वल र प्रस्तुतिको नयाँ कभर भिडियो आउने तयारीमा रहेको निर्देशक पूजा गुरुङले बताएकी छन् ।