जुस पिएपछि फर्किएनन् सुशान्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युले बलिउडमात्र नभई पुरै भारत शोकमा छ । उनको मृत्युपछि मानिसको समूहले लोकप्रिय अभिनेताले कसरी आत्महत्या जस्तो कठोर कदम चाल्न सक्छ भनेर विभिन्न प्रश्न उठाइरहेका छन् ।

यही परिवेशमा आत्महत्या अघि सुशान्तले के के काम गरेका थिए भन्ने नयाँ तथ्य बाहिर आएको छ । समाचार अनुसार उनी आइतबार बिहान उठेर अनारको जुस पिएका थिए । त्यसपछि उनी आफ्नो कोठामा फर्किएर ढोका बन्द गरेका थिए । केही समय पछि उनका सहयोगीले दिउँसो खानाका बारेमा सोध्न जाँदा उनको ढोका ढकढकाएका थिए । अन्य समयमा ढोका ढकढकाउदा ढोका खोल्ने सुशान्तले आइतबारको दिन भने ढोका खोलेनन् र भित्रबाट पनि कुनै आवाज आएन । सहयोगीले ढोका ढकढकाइरहे, तर सुशान्तले कुनै प्रतिक्रिया दिएनन् ।

अभिनेताले कुनै प्रतिक्रिया नदिएपछि सहयोगीले घरमा बस्ने अन्य मानिसहरुलाई भेला गराए । त्यो समयमा सुशान्तका साथीले १ सय ८ मा फोन गरेर प्रहरीलाई खबर गरे । त्यसपछि ढोका फोरेर भित्र पस्दा सुशान्त झुण्डिइरहेका थिए । त्यसपछि सहयोगीले तुरुन्तै प्रहरीलाई बोलाए ।

प्रहरीको रिपोर्ट अनुसार केही महिना यता सुशान्त डिप्रेसनमा थिए । उनका काकाले सुशान्तको आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन् । तर उनको पोस्टमार्टम रिपोर्टले सुशान्तको हत्या नभई आत्महत्या नै भएको जनाएको छ ।