परिस्थितिमा कोरोना पीडा

काठमाडौं । कोरोनाको कहर विश्वव्यापी छन् । संक्रमित र मृतकको संख्या बढ्दो छ । सँगै कोरोनालाई हराएर स्वस्थ हुनेको संख्या पनि उल्लेख्य छ । तर पनि आम मानिसमा कोरोनाको कायमै छ । एउटा नजिकको साथीको कोरोनाको कारण निधन हुँदा उसका अन्य साथीमा पर्ने पीडा समेटिएको सर्ट फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ ।

फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामाङ, मनिष गौतम, आरसी रिमाल, बिनु गुरुङ र देवराज भण्डारीको अभिनय छ । फिल्ममा एक पात्रले ‘साथीभाइ, आफन्त, इष्टमित्र सबै टाढा बनाइसक्यो यो कोरोनाले’ भन्ने संवाद निकै मर्मस्पर्शी छ ।

मित्र गुरुङको कथा, सम्पादन र निर्देशन रहेको फिल्ममा विजय चौधरीको कला निर्देशन, रन्जित गुप्ता र देवेन्द्र मानन्धरको रचनात्मक सल्लाह, सागर श्रेष्ठको सहायक निर्देशन, साश्वत श्रेष्ठको पाश्र्व ध्वनि, राजकुमार श्रेष्ठको छायांकन, मनिष गौतमको लेखन तथा सबटाइटल, मनिष र मित्रकै पटकथा तथा संवाद छ । फिल्ममा मनोजराज भण्डारी लाइन प्रोड्युसर छन् भने ज्ञान, धन र जिनियस गुरुङको निर्माण छ ।