रमेशको गोठपानी मेलामा

काठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘गोठपानी मेलामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । असारे झरी सुरु भएसँगै नेपालीहरु खेतीपाती, मेला तथा गोठपानीमा रमाउने हुँदा गायक श्रेष्ठले समय सान्दर्भिक गीत ल्याएका हुन् ।

केहि समय गायक श्रेष्ठले ‘टिकटकले डुबायो’को भिडियो सार्वजनिक गरेका थिए । नयाँ गीतमा गीतकार अम्बिका गुरुङको शब्द र गायक श्रेष्ठको संगीत छ । गीतमा विनयकुमार कार्कीले एरेन्ज छ ।

भिडियोमा र्यापर आयुष अधिकारीको र्याप रहेको छ भने बिष्णु बिरही श्रेष्ठको एनिमेसन तथा सम्पादन छ ।