मास्क लगाएका महिला किन खुशी छन् ?

लण्डन(एजेन्सी) । हरेक दिन मानिसको जीवनमा यस्ता कैयौं अवसर आउँछन्, जुन बेला हामी बिनाकारण मुस्कुराउनु पर्छ । कहिले आफ्नो अगाडि रहेको मानिसलाई खुशी राख्न त कहिले कहिले कुरा बुझेर मुस्कुराउनुपर्छ । होटल, एयरलाइन्स, कल सेन्टरदेखि कर्पोरेट संस्कृतिमा हरेक व्यक्तिको अगाडि मन्द मन्द झुठो मुस्कान दिनुपर्छ ।

मुस्कानको मामलामा महिलाको मुस्कानलाई विशेष स्थान दिइन्छ । परिवारनजनका बीच, कार्यस्थल वा सार्वजनिक स्थानमा महिलाहरु मुस्कुराइरहेका हुन्छन् । तर कोरोना कालमा अनुहारमा लगाइएको मास्कले महिलाको झुटो हाँसोबाट मुक्ति दिएको छ ।

जानकारहरुका अनुसार वास्तविक मुस्कान आफैं आउँछ । जसको कुनै मूल्य हुँदैन, जसले मानिसको मनमा ठूलो छाप छोड्छ । तर आजकल कर्पोरेट संस्कृतिमा हामीलाई बनावटी दुनियाँमा धकेलिसकेको छ । महिला अधिकारकर्मीहरुले कोरोना महामारीले महिलालाई बनावटी मुस्कान दिनबाट मुक्ति दिएको बताएका छन् । उनीहरुले मास्क लगाउनुलाई एउटा स्वतन्त्रताको संज्ञा दिएका छन् । उनीहरु मास्कबाट मिलेको फेसियल प्रिडमलाई एउटा सानो जितको रुपमा मान्छन् ।

विशेषज्ञहरुका अनुसार समुदाय र मुस्कानको सम्बन्ध बेजोड छ । पुरुष गम्भीर महिलालाई कम प्राथमिकता दिन्छन् । तमाम सामाजिक र उमेर वर्गमा महिलाहरु पुरुष भन्दा बढी मुस्कुराउछन् । यसको अर्थ यो होइन कि महिला बढी खुशी छन् । वास्तविकतामा महिला बढी तनाव र डिप्रेसनमा गुज्रिरहेका हुन्छन् । येल युनिभर्सिटीकी मनोविज्ञानकी प्राध्यापक मरिआने लाफ्रान्स महिलामा मुस्कुराउने दबाब बढी हुने बताउछिन् । महिलाहरुले नमुस्कुराए उनीहरुमा अप्रत्यक्ष सजाय हुने डर रहेको दाबी गर्छिन् ।

कैयौं महिला रिसेप्सनिस्ट र सफाई कर्मचारी आगन्तुकसँग आँखा मिलाएर मुस्कुराउनु पर्ने अनिवार्यतामा निरास छन् । जसले गर्दा उनीहरुमा छेडछाडको सामना गर्नुपर्ने हुन्छ । केहीले झुठो मुस्कानलाई कम्पनीका विरुद्धको हतियारको रुपमा पनि प्रयोग गरेका छन् ।
फेस मास्क लगाएपछि महिलाहरुले गैर आवश्यक मुस्कान मास्क भित्रै लुक्ने गर्दछ । एसियामा कैयौं पटक मास्कलाई रोग भन्दा बढी अन्य कामका लागि प्रयोग गरिएको छ । कैयौं देशमा वायु प्रदुषणबाट बचाउनका लागि माक्स लगाइन्छ । जापानी महिलाहरु मेकअप गर्न नभ्याएको अवस्थामा मास्क लगाउने गर्दछन् ।