बिहारमा सलमान र करणको पुत्ला जलाइयो

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतका फ्यानले निर्माता तथा निर्देशक करण जोहार तथा अभिनेता सलमान खानको पुतला जलाएका छन् । इन्टरनेटमा भाइरल भइरहेको तस्बिरमा उनीहरु निकै रिसाएको देख्न सकिन्छ ।

सुशान्तको मृत्युपछि करणमाथि अभिनेताका विरुद्ध गुटबन्दी गरेको आरोप लागेको थियो । करणले कैयौं पटक आफ्नो शो ‘कफी विथ करण’मा सुशान्तको मजाक उडाएका थिए । जसकारण अभिनेताका फ्यानहरु रिसाएका थिए । करणले सुशान्तको मृत्युपछि एक पोस्टका माध्यमबाट अभिनेताको मृत्युका लागि आफू जिम्मेवार भएको बताएका थिए । आफू एक वर्षयता अभिनेताको सम्पर्कमा नभएको करणले बताएका थिए ।

अभिनेता सलमान माथि पनि कैयौं कलाकारको करियर बर्बाद बनाएको आरोप लागेको छ । समाचार अनुसार सलमानले पनि सुशान्तलाई आफ्नो व्यानरमा अभिनयका लागि प्रतिबन्ध लगाएका थिए । सुशान्तको मृत्युपछि बिहारभर विरोध प्रदर्शन भइरहेको छ । मानिसहरु बलिउडलाई सफा बनाउन माग गरिरहेका छन् । बलिउडलाई सफा गरेमात्र बाहिरबाट आउने कलाकारले काम पाउने विश्वास उनीहरुको छ ।