लसएन्जल्स(एजेन्सी) । फिल्म ‘ट्वीलाइट’ अभिनेत्री क्रिस्टन स्टीवर्ट पाब्लो लारेनद्वारा निर्देशित फिल्म ‘स्पेन्सर’ मा दिवंगत राजकुमारी डायनाको भूमिका निभाउने भएकी छन् । सन् १९९७ मा पेरिसमा एक कार दुर्घटनामा डायनाको निधन भएको थियो । ‘स्पेन्सर’मा डायनाको त्यो समयलाई देखाइनेछ, जुन समयमा डायनाले राजकुमार चाल्र्ससँग सम्बन्ध तोड्ने निर्णय लिएकी थिइन् । दुवैको सन् १९९६ मा सम्बन्धविच्छेद भएको थियो ।
स्टीवन नाइटद्वारा लिखित यो फिल्मको सुटिङ सन् २०२१ मा शुरु हुनेछ । ‘आमरुपमा राजकुमार आउँछन्, राजकुमारीलाई भेट्छन् । उसले आफ्नो पत्नी बन्नका लागि प्रस्ताव गर्छ । अन्ततः उनी रानी बन्छिन् । यो परी कथा हो । जब कोही रानी नबने फैसला गर्छन्, यो एक ठूलो फैसला हुन्छ । यो परीको कथा अलिक फरक छ’, लेखक पाब्लोले भनेका छन् ।
ब्रिटेनको शाही परिवारको सबैभन्दा प्रख्यात प्रिन्सेस अफ वेल्स डायनाको जीवन कैयौं उतारचढावले भरिपुर्ण छ । त्यसो त ब्रिटेनको शाही परिवारका हरेक सदस्य लोकप्रिय भए । तर उनीहरुको लोकप्रियता डायनाको लोकप्रियता अगाडि छायामा पर्यो ।