कोरियाली पप गायक योहानको निधन

सोल(एजेन्सी) । दक्षिण कोरियाको पप ब्याण्डका गायक तथा अभिनेता किम जंग ह्वान उर्फ योहानको निधन भएको छ । उनी २८ वर्षका थिए । हालसम्म उनको निधनको कारण खुलेको छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार केजे म्यूजिक इन्टरटेनमेन्टले एक विज्ञप्ती जारी गर्दै योहानको निधन १६ जूनमा भएको जनाएको छ ।

योहानको अन्तिम संस्कार सिओलको योनसाई फ्युनेरल हलमा भएको छ । योहान पहिला नोम बैजको हिस्सा थिए । यो ब्याण्ड फुटेपछि योहान सन् २०१७ मा टीएसटीसँग जोडिए । उनको अन्तिम सिंगल ‘काउन्ट डाउन’ गत जनवरीमा रिलिज भएको थियो ।

यसअघि दक्षिण कोरियाकै पप स्टार सुली आफ्नो घरमा मृत भेटिएकी थिइन् । २५ वर्षीया सुली ब्याण्ड एफ(एक्स)की सदस्य थिइन् । उनको वास्तविक नाम चोई जिन–री हो । उनको इन्स्टाग्राममा ५० लाख फलोअर्स छन् ।