चीनमा यसरी गरिन्छ सेनामा भर्ती

बेइजिङ(एजेन्सी) । पूर्वी लद्दाखमा भारत र चीनको सीमामा तैनाथ फौजका बीच छिटपुट झड्पका खबर आइरहन्छन् । तर पाँच मेबाट दुवै देशको फौजबीच सीमामा तनाव निकै बढेको छ । चिनियाँ सेना नियन्त्रण रेखालाई पार गर्दै भारतीय सीमालाई कब्जा गर्ने तयारीमा थियो । करिब एक महिनासम्म भएको तनावले १५ र १६ जूनमा हिंसात्मक झडप भयो । यो झडपमा भारतका २० र चीनका ४३ सैनिक मारिएको खबर सार्वजनिक भए ।

चीनले आफूसँग विश्वकै धेरै फौज रहेको दाबी गर्दै आएको छ । तर के तपाईंलाई थाहा छ चिनियाँ फौजको कार्यप्रणाली के हो र उनीहरु कुन नीतिमा काम गर्छन् ? चीनको फौज पीपुल्स लिबरेशन आर्मीले सन् २०१८ बाट सेनाको भर्तीमा सुधार शुरु गरेको छ । सेनामा भर्ती प्रक्रिया चीनको सैनिक सेवा कानून अनुसार हुन्छ । यो देशमा अधिक भन्दा अधिक युवाहरुलाई देश सेवाको नाममा फौजमा भर्ती हुन प्रेरित गरिन्छ । पीपुल्स लिबरेशन आर्मीको अंग्रेजी वेबसाइटमा एक लेख छ, जसमा जांग नामका एक फौजीलाई दिइएको सजायका बारे लेखिएको छ । यी फौजीले जागिर छोड्ने कुरा गरेपछि उनको जिन्दगीलाई नरक जस्तै बनाइएको थियो । जांगमाथि कुल ८ वटा जरिवाना लगाइएको थियो ।

जसमा दुई वर्षका लागि विदेश यात्रामा प्रतिबन्ध, रेल र बसको यात्रामा प्रतिबन्ध, सम्पत्ति खरिदमा रोक, ऋण तथा बिमामा प्रतिबन्ध, नयाँ व्यापार खोल्न र आफूलाई उच्च शिक्षाका लागि नामांकित गर्न प्रतिबन्ध थिए । यसबाहेक उनलाई आजीवन सरकारी नोकरीका लागि अयोग्य ठहर गरियो । सरकारी मात्र होइन, चीन सरकारसँग जोडिएको कुनै पनि काम गर्न उनलाई प्रतिबन्ध लगाइयो । उनले प्रशिक्षणका बेला खर्च भएको तीन लाख रुपैंयाँ पनि फिर्ता दिनुपर्यो ।

चीनले आफ्नो क्षमतामा अझ सुधार ल्याउनका लागि नयाँ भर्तीको प्रशिक्षण अवधिलाई तीन महिनाबाट बढाएर ६ महिना पुर्याएको छ । अलग–अलग कम्पनीमा जानु भन्दा अघि नयाँ भर्तीहरुलाई पेशेवर तरिकाबाट तालिम दिइन्छ । चीनमा विश्वकै सबैभन्दा बढी अर्थात् २० लाख सेना छन् । चिनियाँ अधिकारीहरुका अनुसार नयाँ भर्ना निकै प्रभावशाली छ ।