साइक्लिङका अनेक फाइदा

काठमाडौं । आफ्नो शरीरलाई फिट राख्नका लागि सबैभन्दा प्रभावशाली माध्यम साइकल बनेको छ । केही शारीरिक गतिविधि केही अन्य तरिकाबाट फिट राख्नका लागि लाभदायक हुन्छ । साइकल चलाउदा हृदय रोग, स्ट्रोक, क्यान्सर तथा मधुमेह जस्ता रोगको मृत्युको जोखिम कम गर्न सहयोग पुर्याउँछ । मानिसले दैनिक रुपमा ३० मिनेट मात्र साइकल चलायो भने उसलाई धेरै फाइदा हुन्छ ।

यदी तपाई बिहान उठेर ३० मिनेटसम्म साइकल चलाउनुहुन्छ भने तपाईंलाई रातमा राम्रो निन्द्रा लाग्छ । यसको मतलब यो हो कि यदी तपाईंलाई राती निन्द्रा नलाग्ने समस्या छ भने साइक्लिङले त्यो समस्यालाई दुर गर्छ । एक अध्ययन अनुसार यदी तपाईं एक हप्तामा कमसेकम पाँच दिन ३० मिनेट साइकल चलाउनुहुन्छ भने तपाईंको रोग प्रतिरोधक क्षमता पनि बढ्न सघाउ पुर्याउछ । यसबाहेक जो साइकल चलाउछ, त्यो व्यक्ति साइकल नचलाउने व्यक्तिको तुलनामा ५० प्रतिशत कम बिरामी हुन्छ । दैनिक ३० मिनेट साइकल चलाउदा तपाईंको शरीरको सबै मांशपेसी स्वस्थ र मजबुत हुन्छ । यसका साथै साइकल चलाउने मान्छेको यौन क्षमता पनि बढ्छ ।

त्यस्तै साइकल चलाउदा तपाईंको स्मरण शक्ति अन्य व्यक्तिको तुलनामा १५ प्रतिशतसम्म बढ्छ । यसले तपाईंको दिमागको नयाँ कोशिकाहरुको पनि विकास गर्छ । दैनिक ३० मिनेट साइकल चलाउदा तपाईंले कार्यालयमा गर्ने कामलाई निकै राम्रोसँग गर्न सहयोग पुर्याउछ । साइकल चलाउने मानिसहरु आफ्नो कार्यालयमा कामबाट कमैमात्र ब्रेक लिन्छन् । यस्ता मानिसहरुको काम समयमा नै पुरा हुन्छ । उनीहरु अन्य व्यक्तिको तुलनामा निकै राम्रो तरिकाले काम गर्न सक्छन् । जो व्यक्तिहरुको हाइ क्यालोरीका खानेकुराहरु धेरै खान्छन्, उनीहरुका लागि साइकल चलाउन झन फाइदाजनक हुन्छ ।