इजरायलमा बन्यो चार्जवाला मास्क

जेरुसेलम(एजेन्सी) । इजरायलमा मोबाइल चार्जरको माध्यमबाट कोरोना भाइरसलाई मार्ने रियूजेबल फेस मास्क बनाइएको छ । मास्कको प्रोटोटाइप कुनै आम एन९५ मास्क जस्तै देखिन्छ । यो मास्कमै फोनको चार्जर जोड्न सकिन्छ । चार्जरबाट शक्ति लिएर मास्कले कोरोना भाइरस मार्न सकिन्छ ।

हाएफा यूनिभर्सिटीका शोधकर्ता प्रोफेसर याएर इन एलीले नयाँ मास्कको अगाडि एक बल्ब, रबरबेण्ड र एक एक यूएसबी पोर्ट लगाइएको बताए । ‘यूएसबी पोर्टलाई पावर सोर्सबाट कनेक्ट गरिन्छ । यससबाट मास्क भित्र रहेको कार्बन फाइबरको भित्री सतह ७० डिग्री सेल्सियससम्म तातो हुन्छ । ७० डिग्री सेल्सियसको गर्मी भाइरसलाई मार्न पर्याप्त हुने मानिन्छ । मास्कलाई सफ ागर्न करिब ३० मिनेट लाग्दछ’, उनले भने, ‘मास्क चार्ज भइरहँदा यसको प्रयोग गर्नुहुन्न । डिस्पोजेबल मास्कको महामारीका समयमा बढी माग हुन्छ । त्यसकारण यो न पर्यावरणका लागि अनुकुल हुन्छ, न त गोजीमा यसलाई धेरै राख्न सकिन्छ । त्यसकारण तपाईंलाई मास्कलाई पुनः प्रयोगको योगय र पर्यावरण अनुकुल बनाउन जरुरी पर्दछ ।’

उनले नयाँ मास्क यसको समाधान गर्ने बताए । जेरुसेलममा रहेको हदाशा मेडिकल सेन्टरका संक्रामक रोग विशेषज्ञ प्रोफेसर एलोन मोसेसले आधा घण्टामा ७० डिग्री सेल्सियस गर्मीले कोरोना भाइरस मर्नु सवालविहिन हुने बताए । शोधकर्ताहरुले गत मार्चमा अमेरिकामा मास्कलाई वैधानिकता दिन आवेदन दिएका छन् । निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनलाई बजारमा पुर्याउने तयारी पनि भइरहेको छ । डिस्पोजल मास्कको मूल्यसँग प्रतिष्पर्धा गर्न यसको मूल्य १ डलर राखिने सम्भावना छ ।