सुशान्तको जीवनीमा सुसाइड और क्राइम बन्ने

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गत जून १४ मा आत्महत्या गरे । यो खबर सुनेपछि भारत शोकमग्न भयो । सुशान्तले आफ्नो पछाडि केही अनुत्तरित प्रश्न छोडेर गएका छन् । केही मानिसले उनलाई यातना दिइएको र त्यहीकारण उनले आत्महत्या गर्नुपरेको बताउँदै आएका छन् । यही अनुत्तरित प्रश्नको समाधान गर्नका लागि मुम्बई प्रहरी लगातार अनुसन्धान गरिरहेको छ ।

बलिउड निर्माता विजय शेखर गुप्तालाई सुशान्तको आत्महत्याले केही यस्तो अस्थिर बनायो कि उनले सुशान्तको जीवनमा आधारित रहेर फिल्म ‘सुसाइड और मर्डर?’ बनाउने निर्णय लिएका छन् । उनले फिल्मको पोस्टर पनि सार्वजनिक गरेका छन् । ‘यो फिल्म यसकारणले बनाइरहेको छु ताकि मुम्बई फिल्म उद्योगमा जो ठूला स्टार प्रोडक्सन हाउसको एकाधिकार छ, त्यसलाई खत्तम गर्न सकियोस्’, उनले भनेका छन्, ‘म यो फिल्ममार्पm बलिउडलाई सत प्रतिशत नांगो बनाउछु । आज जो बच्चाहरु बाहिरबाट आएका छन्, उनी योग्य बच्चालाई फिल्म उद्योगमा बनेको समूहका कारण सही मौका मिल्न सकेको छैन । म यो समूहलाई तोड्न चाहन्छु । मेरो कथामा ती सबै कुरा हुन्छन्, जो सुशान्तका साथ नराम्रो भयो । उनलाई आत्महत्या गर्न बाध्य बनाइयो । उनलाई बहिस्कार गरियो । सामाजिक बहिस्कार गरियो । एकपछि अर्को फिल्मबाट निकालियो ।’

फिल्म निर्माण समूह यो विषयमा दिनरात अनुसन्धान गर्न जुटेको छ । सुशान्त जस्तो मानसिकता र समस्याबाट गुज्रिरहेको एक अभिनेताको कथालाई फिल्ममा देखाइने उनले बताए । ‘हामीहरु यस्तो अभिनेताको खोजी गरिरहेका छौं, जो बलिउडमा भेदभावको शिकार भएका छन् । उनको काम खोसिएको छ । उनीमाथि यस्तो व्यवहार गरिएको छ, जसकारण उनको हौसला घटेर कमजोर बनेका छन्’, उनले भने ।