को बन्ला दिनेशको कालुराम ?

काठमाडौं । निर्देशक दिनेश पौडेलले नयाँ फिल्म ‘कालुराम’ निर्माण गर्ने भएका छन् । दिनेश कोरोनाका कारण जारी लकडाउन खुल्नासाथ फिल्मको छायांकनको तयारीमा छन् ।

फिल्म ‘द मस्ट वान्टेड’ का निर्देशकसमेत रहेका दिनेशले फिल्मको लागि स्क्रिप्ट तयार भइसकेको र तीन गीतको रेकर्डिङ भइसकेको बताए । ‘फिल्ममा काम गर्ने केही कलाकार फाइनल भईसकेका छन् भने केहीको खोजी कार्य भइरहेको छ ।’ उनले भने । समसामयिक प्रेमकथाको फिल्ममा कमला ढकालको लगानी रहनेछ ।