समुन्द्रको अधुरो प्रेम कहानी

काठमाडौं । युएईमा रहेका गायक समुन्द्र खतिवडाले नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् । गायक खतिवडाले कोरना कहरबीच नेपाली गीत संगीत प्रेमीहरुलाई मनोरञ्जन दिन म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सेन्टिमेण्टल भर्सनको गीतमा रमन सुवेदीको शब्द र नवराज बस्नेतको संगीत रहेको छ । युएईमा छायांकन गरिएको भिडियोमा यल्ला ब्रोदरसको छायांकन र सम्पादन छ ।

सुबास, सोराया र रिचेल फिचर्ड भिडियो रमन सुबेदीको निर्देशनमा तयार पारिएको हो । भिडियो एस के नेपाली म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको हो ।