किम यो जोङ बन्लिन् उत्तर कोरियाको नयाँ शासक ?

प्योङयाङ(एजेन्सी) । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको बहिनी किम यो जोङ पछिल्लो केही वर्षमा उत्तर कोरियाको रहस्यमयी सत्तामा एक प्रमुख नेता भएर उभिएकी छन् । किम यो जोङ आफ्नो भाइ बहिनीमा एक्ली छिन् । जसलाई किम जोङ उनको नजिकको र शक्तिशाली सहयोगी मानिएको छ । किम यो जोङ सन् २०१८ मा पहिलोपटक अन्तर्राष्ट्रिय चर्चामा आइन्, जब उनी दक्षिण कोरिया जाने किम वंशको पहिलो सदस्य बनिन् । शीत ओलम्पिकका समयमा उनी एक शिष्टमण्डलका साथ दक्षिण कोरिया गएकी थिइन् । दक्षिण र उत्तर कोरियाले एक संयुक्त टीमका रुपमा शीत ओलम्पिकमा सहभागिता जनाएको थियो ।

सन् २०१८ मा उनले आफ्नो दाई र उत्तर कोरियोली शासक किम जोङ उनसँग मिलेर कुटनीतिक रणनीति तय गरिरहेको पनि देखिइन् । त्यो वर्ष किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मून जे इन, चिनियाँ राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए । यी भेटले किम यो जोङका लागि अन्तर्राष्ट्रिय कुटनीतिको बाटो खोलिदियो । यसै वर्षको अप्रिलमा किम यो जोङ एकपटक पुनः आफ्नो दाजुको नजिकको सहयोगी र वरिष्ठ राजनीतिक भूमिकामा देखिइन् । अप्रिलमा किम जोङ उन अचानक केही हप्ताका लागि सार्वजनिक जीवनबाट टाढा भए । यही समयमा उनको ‘गायब’ हुने अड्कलबाजी पनि भएको थियो । किनकी उनी कुनै सार्वजनिक कार्यक्रममा देखिएनन् । यी सबै कारणले उनको मृत्युको आशंका पनि गरिएको थियो र किम यो जोङलाई उत्तर कोरियाको नयाँ शासक र किम जोङ उनको उत्तराधिकारीको रुपमा देखाइएको थियो ।

किम यो जोङको राजनीतिक कद सबैभन्दा पहिलो अक्टोबर २०१७ मा बढ्यो, जब उनी शक्तिशाली पोलिटब्युरो सदस्य बनिन् । यसअघि किम जोङ उनको सार्वजनिक छवि र नीतिको प्रचारप्रसार सम्हाल्ने समितिको उपनिर्देशक थिइन् । किम यो जोङमाथि अमेरिकाले उत्तर कोरियामा मानवअधिकारको उल्लंघनका मामलामा प्रतिबन्ध लगाएको छ । यसको मतलब यो हो कि कोही पनि अमेरिकी नागरिक उनीसँग पैसाको लेनदेन गर्न सक्दैन । उत्तर कोरियामा सत्ता र शक्तिको अनुमान लगाउनु निकै कठिन कुरा हो । त्यसकारण यो सम्झन मुस्किल छ कि किम जोङको राजनीतिक नेटवर्क कति मजबुत छ । उनको विवाह किम जोङ उनका दाहिने हात र पार्टीका सचिव चोय रयोङ हेका छोरासँग भएको छ । जसकारण पनि उनको शक्ति कति छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । किम यो जोङ ३० वर्षकी छन् र किम जोङ उनको नजिकको सहयोगी भएकाले उनको प्रभाव बढी छ । हालैमात्र उत्तर कोरियाले दक्षिण कोरियामाथि दिएको कडा जवाफमा किम यो जोङकै हात रहेको बताइन्छ ।

किम यो जोङले सीमामा बनेको उत्तर र दक्षिण कोरियाको साझा कार्यालय नष्ट गर्ने धम्की दिएकी थिइन् । जुन धम्की अनुसार मंगलबार उत्तर कोरियाले कार्यालय ध्वस्त बनायो । कएसोङमा रहेको यो कार्यालयलाई जून १६ मा ध्वस्त पारिएको थियो । दक्षिण कोरियाली अधिकारीले यो कार्यालय नष्ट भएको पुष्टि गरिसकेको छ । दक्षिण कोरियाली यो भवन बनाउनका लागि करिब आठ मिलियन डलर दिएको थियो । उत्तर कोरियाले मार्च २०१९ मा यो कार्यालयबाट आफूलाई अलग्याएको थियो । सन् २०१८ मा संवाद पछि दुई देशबीच तनाव कम गर्नका लागि कार्यालय स्थापना गरिएको थियो ।

यदी किम जोङ उनको उत्तराधिकारी छनोट गर्ने हो भने यसमा पारिवारिक सम्बन्धको भूमिका महत्वपूर्ण हुन्छ । उत्तर कोरियाको प्रोपोगाण्डा र राजनीतिक सिद्धान्तको शुरुवात देशको संस्थापक किम इल सुङले गरेकी थिइन् । समाचार अनुसार किम जोङ उनका बच्चा त छन्, तर सबै साना छन् । त्यसकारण किम जोङ उन पछि सत्ताको बागडोर सम्हाल्न जिम्मेवारी किम यो जोङले नै पाउने उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि यदी कुनै परिस्थितिमा उनलाई उत्तराधिकारी चुनिएन भने नयाँ नेतृत्वका लागि उनी कडा प्रतिद्वन्द्वी र प्रतिष्पर्धी प्रस्तुत गर्नेछिन् ।

किम यो जोङ किम जोङ इलकी सबैभन्दा कान्छी छोरी हुन् । उनी, किम जोङ उन र किम जोङ चोल एकै आमाका सन्तान हुन् । किम जोङ चोल किम जोङ उन र किम यो जोङका भाइ हुन् , जो राजनीतिमा भए पनि उनलाई वरिष्ठ मानिएको छैन । सन् २९८७ मा जन्मिएकी किम यो जोङ आफ्नो दाइ किम जोङ उनभन्दा चार वर्ष कान्छी छिन् । दुबैले स्वीटजरल्याण्डबाट पढाई पुरा गरेका हुन् । उनी पढेको स्कुलका अधिकारीहरुले किम यो जोङ जहिल्यै आफ्नो सुरक्षाकर्मी र सहयोगीबाट घेरिएको हुने बताए । एकपटक उनलाई हल्का ज्वरो के मात्र आएको थियो, उनका सहयोगीले उनलाई स्कुलबाट सिधा अस्पताल लगेका थिए ।