बाइकट चीन अभियानमा सेलिब्रेटी

मुम्बई(एजेन्सी) । सीमाना चीनसँग भारतको बढ्दो मतभेदबीच भारतमा बाइकट चीनको माग तिब्र रुपमा फैलिएको छ । कैयौं कलाकारले फ्लिपकार्ट, अमेजककन जस्ता इकमर्स साइटमा रहेका चिनियाँ सामानबाट टाढा रहन सन्देश दिन थालेका छन् । त्यही कैयौं कलाकारहरुल्े चिनियाँ एप टिकटकलाई अनइन्स्टल गरेका छन् । भारतमा राजनीतिक नेता, खेलाडी तथा फिल्म कलाकारहरु अहिले बाइकट चीन अभियानमा जोडिएका छन् ।

चिनियाँ उत्पादन बहिस्कारको आन्दोलनमा परेश रावल, शेखर कपूर र सतीश शाह सहभागी छन् । यसबाहेक टेलिभिजन र दक्षिण फिल्म उद्योगका स्टारहरुको पनि समर्थन छ । परेश रावलले फ्लिपकार्ट, मेजककन र स्नेपडील जस्ता इकमर्स वेभसाइटबाट चिनियाँ उत्पादन नलिन अनुरोध गरेका छन् ।

दक्षिण फिल्म उद्योगका संगीतकार घिबरन, अभिनेता निखिल सिद्धार्थ र पारुल यादवले चीनको सामान बहिस्कार अभियान शुरु गरेका छन् । घिबरनले चिनियाँ एप टिकटक हटाइसकेका छन् र त्यसको स्क्रिनसट सामाजिक सन्जालमा शेयर गरेका छन् ।