तीज फ्लेभरमा जाम कि नजाम भो

काठमाडौं । नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर बजारमा तीज गीतहरु आउन थालेका छन् । यहीक्रममा गायक कृष्ण काफले र गायिका मिरा तामाङको स्वरमा रहेको ‘जाम कि नजाम भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको गीतमा महेश पुनको एरेन्ज तथा कृष्ण पुनको मिक्सिङ छ । मौलिक रुपमा तयार पारिएको गीतमा चेलीको मनको पीडालाई समेटिएको छ । गायिका मिराले चेलीले भोगेको पीडा र उसको परिवारसँगको आपसी मायालाई गीतमा समेटिएको कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी बताइन् ।

भिडियोमा दुर्गा पौडेलको छायांकन, नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन र माधव श्रेष्ठको कोरियोग्राफी छ । भिडियोमा मिरा तामाङ र कृष्ण काफ्लेको अभिनय तथा नृत्य रहेको छ ।