कोरोनाको असरः पाइलटबाट डेलीभरी ब्वाइ

बैंकक(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लामो समयदेखि लागु गरिएको लकडाउनले गरीब, निम्नमध्य वर्ग, मध्य वर्ग र उच्च वर्ग सबैलाई प्रभावित बनाएको छ । लकडाउनका कारण रातारात करोडौं मानिस बेरोजगार भएका छन् । उद्योग धन्दा बन्द छन् । यसले विश्वका अधिकांश देशका मानिसहरुको रोजीरोटी गुमेको छ ।

थाइल्याण्डका एक व्यावसायिक पाइलट नकारिन इन्टाको पनि लकडाउनले जागिर गुमेको छ । इन्टाले आफ्नो पेशाबाट हरेक महिना ६ लाख रुपैंयाँ तलब लिन्थे । अब जागिर गएपछि ४२ वर्षे उनी डेलीभरी ब्वाइ बनेका छन् र घरघरमा मानिसहरुलाई सामान बेच्न पुगिरहेका छन् ।

बाल्यकालदेखि नै पाइलट बन्ने सपना बुनेका इन्टाले विगत चार वर्षयता व्यावसायिक उडान उडाइरहेका थिए । तर कोरोना संकटका कारण उनलाई जागिरबाट कम्पनीले निकालिदियो । यद्यपि उनले हिम्मत हारेनन् र उनले सीएनएन ट्रयाभलसँग कोरोना संकटका कारण उनको एयरलाइन्सले आफ्ना अधिकांश कर्मचारीलाई बिना पारिश्रमिक बिदा दिइरहेको बताए ।

इन्टाले बिमान उडाउँदा हरेक महिना चार देखि ६ लाख रुपैंयाँसम्म कमाउँथे । तर कोरोना महामारीका कारण उनले अहिले दुई हजार कमाउन पनि गाह्रो परिरहेको छ । ‘जब मैले पहिलोपटक अर्डर पाएँ, त्यो पार्सललाई मैले सफलतापूर्वक ग्राहककोमा पुर्याएँ । त्यसपछि मात्र म काम गर्न सक्छु भन्ने यकिन भयो ।’ उनले भने ।