लागुऔषधको लत मेट्न नवजात शिशु बिक्री

बेइजिङ(एजेन्सी) । लागुऔषधको नशा पुरा गर्नका लागि मानिसहरु आफ्नो पत्नीको गहना बेच्ने गर्छन् । घरमा झगडा गर्छन् । तर कसैले आफ्नो मुटुको टुक्रा अर्थात सन्तानलाई बेचेको सुन्नु भएको छ । चीनको एक दम्पत्तिले लागुऔषधको लत पुरा गर्नका लागि आफ्नो नवजात शिशुलाई जन्मिएको केही घण्टामै अनलाइन बिक्री गरेका छन् । उनीहरुले ७ हजार पाउण्ड अर्थात् ६ दशमलब ६० लाख रुपैंयाँमा बेचेका हुन् ।

लागुऔषध प्रयोगकर्ता दम्पत्तिले आफ्नो नवजात बच्चा बेचेर जुन रकम प्राप्त गरे, त्यो रकमले उनीहरुले लागुऔषध किने । उनीहरुले नयाँ फोन किने र धेरै सपिङ गरे । यो जोडीलाई नशालु पदार्थको दुरुपयोग गरेको आरोपमा त्यसअघि धेरै मुद्दा दर्ता भएका थिए । यहीकारण उनीहरु प्रहरीको निगरानीमा थिए । प्रहरीलाई एक होटलमा उनीहरुको ठेगानाका बारे जानकारी मिल्यो । त्यहाँ प्रहरीले लागुऔषधको कैयौं बोतल बरामद गरे ।

प्रहरीका अनुसार दक्षिण पश्चिमी चिनियाँ सहर नेइजियाङमा बस्ने वाङ र झोङ लामो समयदेखि लागुऔषधको दुव्र्यसनी थिए । उनीहरु यही कारण ऋणमा पनि डुबेका थिए । प्रहरीले उनीहरुको बच्चालाई नियन्त्रणमा लिएर बच्चाको हजुरबुवा हजुरआमालाई जिम्मा लगाएको छ भने दम्पतीलाई बाल तस्करीको आरोपमा सजाय सुनाइएको छ ।