टेनिस स्टार नोवाकलाई कोरोना संक्रमण

लण्डन(एजेन्सी) । विश्वका नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविच र उनकी पत्नीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जोकोविचले गत सोमबार गराएको कोभिड १९ टेस्टमा उनको र श्रीमतिको रिपोर्ट पोजेटिभ आएको हो । तर उनीहरुको सन्तानको रिपोर्ट भने नेगेटिभ आएको छ । जोकोविचले हालै मात्र एड्रिया टूरमा सहभागिता जनाएका थिए । यो टूरमा सहभागी कैयौं खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउनु अघि जोकोविच एड्रिया टूरमा सहभागी हुने कारणले आलोचित थिए । ब्रिटेनका डेन इवान्सले विश्व नम्बर एक पुरुष टेनिस खेलाडी नोवाकलाई आप्mनो हातमा लिएका थिए । टोलीमा नोवाकसहित ग्रिगोर दिमित्रोव र बोर्ना कोरिक पनि सहभागी थिए । यी दुईलाई नोवाक भन्दा अघि नै कोरोना भाइरसको संक्रमण शुरु भइसकेको थियो ।

जोकोविच अघि खेल दुनियाँका कैयौं ठूला स्टार कोरोना पोजेटिभ भइसकेका छन् । पाकिस्तान क्रिकेट टिमका तीन खेलाडी शादाब खान, हारिस राउफ र हैदर अलीको सोमबार कोरोनो पोजेटिभ रिपोर्ट आएको थियो । यसअघि पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदी र बंगलादेशका पूर्व कप्ता मशरफे मुर्तजालाई कोरोनाको संक्रमण देखिएको थियो ।