ट्वीटर प्रयोगकर्ताको निशानामा मनिषा

काठमाडौं । नेपालको नयाँ नक्सा जारी भएपछि बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले त्यसको समर्थन गरेकी छन् । उनले संसदमा पास भएको नक्सामा खुशी व्यक्त गर्दै ट्वीटसमेत गरेकी छन् ।

मनिषाले ट्वीटरमा ‘क्षेत्रीय सम्प्रभुता, राजनीतिक सम्प्रभुता र आर्थिक सम्प्रभुता एक सम्प्रभु राज्यको बराबर हुन्छ । आउनुहोस् यसमाथि विचार गरौं’ भनेर ट्वीट गरेकी थिइन् । यससँगै मनिषाले ‘म यो कुरामा विचार गरिरहेको थिएँ कि नेपाल आज कहाँ उभिएको छ । जहाँ यो भविष्यमा छ । यो मोर्चामा हामी थोरै इतिहासलाई जान्दछौं । यो राम्रो हो वा नराम्रो हो भनेर भनेका छैनौं । सोचीमात्र रहेकी छु ।’ यो ट्वीट पछि मनिषा भारतीय ट्वीटर प्रयोगकर्ताको निशानामा परेकी छन् ।

कैयौं ट्वीटर प्रयोगकर्ताले मनिषालाई भारत छोडेर जान भनेका छन् । एक प्रयोगकर्ताले जुन देशमा उनले आफ्नो पूर्ण जीवन दिइन्, त्यही देशका विरुद्ध बोलेको भन्दै उनलाई स्वार्थीको उपमा दिएका छन् । अर्का प्रयोगकर्ताले नेपाल चाँडै चीनको उपनिवेश हुने दाबी गरेका छन् । यी ट्वीटपछि मनिषाले असम्मानीय शब्द प्रयोग नगर्न अपिल गरेकी छन् ।

‘मेरो हृदयदेखि नै अनुरोध छ कि तपाईं यति उत्तेजित र असम्मानीय नबन्नुहोला । हामीहरु यो परिस्थितिमा एकसाथ छौं । हाम्रो सरकारहरु यो समस्यालाई समाधान गर्नेछ । यो समयमा हामी सभ्य बन्न आवश्यक छ । म अहिले पनि आशा गर्दछु’ मनिषाले ट्वीट गरेकी छन् ।