त्रिशाको भिडियोमा टिकटक गर्ल अकेशा

काठमाडौं । गायिका रविना बसेलको स्वर रहेको गीत ‘नाम मेरो लाली’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा टिकटक गर्ल अकेशा पोखरेलको अभिनय छ । गीतमा अम्बिका गुरुङको शब्द तथा राजन कार्कीको कम्पोज र एरेन्ज छ ।

त्रिशा केसीको निर्देशन रहेको भिडियोमा सन्देश शर्माको छायांकन तथा प्रवेश सिंहको सम्पादन छ । भिडियो भावसागर क्रियशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बाल कलाकार अकेशा पोख्रेलका अन्य म्युजिक भिडियोहरु समेत सार्वजनिक हुने तयारीमा छन् ।