भारतीय टिकटक स्टार सियाद्वारा आत्महत्या

मुम्बई(एजेन्सी) । भारतीय टिकटक स्टार सिया कक्कडले आत्महत्या गरेकी छन् । १६ वर्षीया सियाले के कारणले आत्महत्या गरिन भन्ने कुरा खुल्न आएको छैन । आत्महत्या गर्नु अघिल्लो दिन उनले आफ्नो मेनेजर अर्जुन सरीनसँग एक गीतको लागि कुराकानी गरेकी थिइन् ।

अर्जुनका अनुसार कुराकानीका दौरान सिया ठीक थिइन् र उनको आवाजमा कुनै समस्या थिएन । सियाले के कारणले आत्महत्या गरिन् भन्ने बारे अर्जुन पनि अनभिज्ञ छन् ।

सियाले आत्महत्या गर्नु केही घण्टा अघि आफ्नो इन्स्टाग्रामको स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन् । भिडियोमा उनी पन्जाबी गीतमा नृत्य गरिरहेकी छिन् । उनको इन्स्टाग्राममा एक लाख बढी फलोअर्स छन् ।

सियाको मृत्युको खबरले उनका फ्यान दुःखित भएका छन् । फ्यानले उनको इन्स्टा भिडियोमा कमेन्ट गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । सिया इन्स्टाग्राममा निकै सक्रिय थिइन् । उनी अक्सर आफ्ना फ्यानका लागि लगातार भिडियो र फोटो शेयर गरिरहन्थिन् ।