दुई महिलाविरुद्ध जस्टिनको मानहानी मुद्धा

लसएन्जल्स(एजेन्सी) । प्रख्यात गायक जस्टिन बीबरले दुई महिलाविरुद्ध मानहानीको मुद्धा दर्ता गराएका छन् । उनीमाथि यौन शोषणको आरोप लगाउने दुई महिलाविरुद्ध प्रत्येकबाट १–१ करोड डलर जरिवानाको माग गर्दै मुद्दा दर्ता गराएका हुन् ।

सन् २०१४ र २०१५ मा ट्वीटरका माध्यमबाट दुई महिलाले जस्टिनमाथि यौन शोषणको आरोप लगाएका थिए । गायकले आफू माथि लागेको आरोपको खण्डन गरेका छन् । बीबरले दुवै महिलाको एकाउन्ट एकैजनाले चलाउने गरेको दाबी गरेका छन् ।

‘मैले आफ्नो करियरमा कैयौं आरोप झेलेको छु । तर आफ्नो पत्नी र टीमका साथ कुराकानी गरेपछि मैले यो मुद्धामा बोल्ने निर्णय लिएको छु । अफवाह अलग कुरा हो, तर यौन उत्पीडनको मामलालाई मैले हल्का रुपमा लिएको छैन । यो आरोप तथ्यात्मक रुपमा गलत छ र यसको विरुद्ध कानूनी कारवाही गर्नेछु’, उनले भनेका छन् ।

बीबरका वकिलले आफ्नो बयानमा आरोप लगाउने महिलाले ९ मार्च, २०१४ मा फोर सिजन्स होटलमा उनको यौन उत्पीडन गरेको बताए पनि बीबर मार्च २०१४ मा उक्त होटलमा नभएको जनाएका छन् ।