मुम्बई(एजेन्सी) । विश्वभरका मानिसहरु कोरोना भाइरसँग लडिरहेका छन् । यस्तो अवस्थामा सरकार र सेलिब्रेटी जनतालाई घरमै बस्न र सावधानी अपनाउन आव्हान गरिरहेका छन् । कोरोना भाइरसलाई लिएर जति डर सर्वसाधारणमा छ, उती नै उनीह्रु मस्तीमा रमाइरहेका छन् । सबैलाई अनिवार्य मास्क लगाउन र एकअर्काबाट टाढा रहनका लागि भनिएको छ । यस्तो बेला फिल्म र अभिनेताअभिनेत्रीको पुराना फोटोमा मास्क लगाइएको छ । यसै परिप्रेक्ष्यमा फिल्म ‘बाहुबली’को एक भिडियो सार्वजनिक भएको छ ।
भारतको मेजाबजेटको फिल्म ‘बाहुबली’मा पनि कोरोनाको असर देखिएको छ । कोरोना भाइरसको हुनेवाला युद्धमा अब माहिस्मतीका अमरेन्द्र बाहुबली र भल्लालदेव पुरा तयारीका साथ उत्रिएको छ । दुवैले मास्क लगाएका छन् र एकअर्काका प्रति भिड्न तयार छन् । भिडियोमा बाहुबलीका निर्देशक एसएस राजमौलीले शेयर गरेका हुन् । भिडियोको अन्त्यमा ‘अब माहिस्मतीमा पनि मास्क जरुरी भइसकेको छ’ भन्दै लेखेका छन् ।
Good job @avitoonindia and @coollazz #Unitedsoft VFX Studio team! #BBVsCOVID #IndiaFightsCorona #StaySafe
I hope everyone stays safe and exercise caution in these times. pic.twitter.com/kmhOyK3012
— rajamouli ss (@ssrajamouli) June 26, 2020
यो फिल्मले देश र विदेशमा कैयौं रेकर्ड तोडेको थियो । फिल्ममा प्रभास, अनुष्का शेट्टी, राणा दग्गुबाती, रम्या कृष्णन, सत्यराज, तमन्ना भाटियालगायतको अभिनय थियो । फिल्मको फ्रेन्चाइजीले विश्वभर करिब १५ सय करोडको बक्सअफिस कलेक्सन गरेको थियो ।