रोमान्टिक दृश्यमा फेस शिल्ड

मुम्बई(एजेन्सी) । कोरोना कालमा फिल्म ‘हेलमेट’का निर्माताले फिल्मी पर्दामा प्रेमको नयाँ तरिका प्रस्तुत गरेका छन् । फिल्म ‘हेलमेट’मा कोरोना सयमका बीचको डरका साथ प्रेमको बद्लिएको रुप देखाइएको छ । फोोमा अपारशक्ति खुराना र प्रनूतन बहल देखिएका छन् । उनीहरुले आफ्नो अनुहारमा फेस शिल्ड लगाएका छन् ।

फिल्मको सुटिङमा कोरोना संकटका बेला कसरी जोगिएर काम गर्ने भन्ने कुरा पनि देखाइएको छ । फोटोमा सामान्य अवस्थामा आउनु अघिसम्म फिल्मको सुटिङ कसरी गर्न सकिन्छ र रोमान्टिक सट कसरी लिन सकिन्छ भन्ने कुरालाई देखाइएको छ । कोरोना कालमा अभिनेताअभिनेत्रीहरु जुन किसिमले सुरक्षाका साथ फिल्मको सुटिङ गरिरहेका छन्, त्यसको तस्बिरलाई पनि यसमा देखाइएको छ ।

फिल्म ‘हेलमेट’मा अपारशिक्त खुराना, प्रनूतन बहल, आशीष बर्मा र अभिषेक बनर्जीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । यो फिल्मलाई सतराम रमानीले निर्देशन गरेका छन् । फिल्मको निर्माण कम्पनी डिनो मोरिया प्रोडक्सन र सोनी पिक्चर्स छन् ।