काठमाडौं । गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मेरो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथाबस्तुमा आधारित छ । गीतमा शब्द र संगित किरणबाबु पुनको रहेको छ ।
म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन् । अमर सुनारले कोरियोग्राफी गरेको भिडियोमा बुद्ध थापाको छायांकन छ । यसै म्युजिक भिडियोमार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।