धर्मेन्द्रको फेसबुक लभमा नविन र अनुषा

काठमाडौं । गायक धर्मेन्द्र सेवागको स्वरमा रहेको गीत ‘फेसबुक लभ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ नम्बरको गीतमा सुन्दर पन्तको शब्द र कल्याण सिंहको संगीत छ ।

म्युजिक भिडियोमा नविन केसी र अनुषा राई फिचर्ड छन् । याम लिम्बुको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा रमेश बंगोसाईको छायांकन र चेतन सागरको सम्पादन छ ।

भिडियोको पोस्ट प्रोडक्सन स्वर्गद्वारी फिल्मस्मा गरिएको हो । भिडियो नविन केसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।